नर्सको आन्दोलन: निकास खोज्न सरकारलाई प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रह

तस्बिरः पहिलो पोष्ट

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नर्सहरुले आफ्नो पेशागत हकहितको माग राखी शुरु गरेको सङ्घर्षका कार्यक्रमप्रति राज्यले उदासीनता देखाएको भन्दै ध्यानाकर्षण भएको आरोप लगाएको छ।

काङ्ग्रेसले आज विज्ञप्तिमार्फत नर्सहरुले आफ्नो पेशागत हकहितको संरक्षण तथा न्यूनतम सेवासुविधाको माग राखी सङ्घर्षको कार्यक्रम गरेको दशौँ दिन बित्दा पनि राज्यले उदासीनता देखाएको जनाएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत अनशनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रँदै गएकोतर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय भएको उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2019-05-20 00:15:13

प्रतिकृया दिनुहोस्