ऊ थान्त: लुम्बिनीले किन सम्झिरहन्छ राष्ट्रसङ्घका तेस्रा महासचिवलाई

तस्बिरः बिबिसी

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास र प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनी राष्ट्रसङ्घका तेस्रा महासचिव हुन् र उनले सन् १९६७ लुम्बिनीको भ्रमण गरेका थिए।

त्यसपछि उनको पहलमा बुद्ध जन्मस्थलको विकासका लागि भन्दै एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो।

लुम्बिनीको योजनाबद्ध विकास र प्रचारप्रसारमा त्यो कोसेढुङ्गा हुन पुग्यो।

उनी बर्माका कूटनीतिज्ञ थिए र बौद्ध धर्मका अनुयायी थिए।

प्रकाशित मिति: : 2019-05-18 13:03:36

प्रतिकृया दिनुहोस्