अञ्जना क्यानडा जाने तयारीमा थिइन्, तर आफ्नै जेठाजुबाट मारिइन्

अञ्जना लामाको ललितपुरका प्रज्वल महतसँग ६ वर्षअघि विवाह भयो। मकवानपुर स्थायी ठेगाना भएकी लामाकी छोरी ललितपुरको फराकिलो महत परिवारकी सदस्य बनेर आएकी थिईन्।

एउटा निजी कम्पनीका जागिरे प्रज्वल, अञ्जना, दाजु उज्वल, भाउजु र आमा–बुबा ललितपुर ढोलाहिटीको घरमा सगोलमै बस्थे। उज्वल ध्वनी इन्जिनियर र म्युजिक कम्पोजर थिए। परिवारका सबै सदस्यको आय राम्रै थियो।

तर, केही महिनाअघिदेखि उज्वलको कानमा समस्या देखियो। उनलाई गितारमा सुर भर्न र सुर भरेका गीतलाई अन्तिम रुप दिन गाह्रो हुन थाल्यो। उनी बिस्तारै कार्यालयबाट बाहिरिए।

‘म कानको उपचार गराइरहेको छु,’ उज्वलले २२ बैशाखमा आफ्नो फेसबुकमा लेखेका छन्, ‘मैले संगीतकर्म सधैँका लागि छाडेँ।’

उनले सोही स्टाटसमा आफ्नो फेसबुक अकाउन्टमा केही शंकास्पद गतिविधि भइरहेको समेत उल्लेख गरे। त्यसपछि उनी फेसबुकबाट हराए।

प्रकाशित मिति: : 2019-05-18 10:58:36

प्रतिकृया दिनुहोस्