भारत हुँदै यात्रा गर्दा चाहिने ‘नो अब्जेक्सन पत्र’को विरोध, के होला समाधान?

तस्बिरः नेपाल लाइभ

काठमाडौं– भारत हुँदै तेस्रो मुलुक यात्रा गर्ने नेपालीका लागि दिल्लीस्थित नेपाली दूतावासले त्यहाँको अध्यागमन पार गर्दा सिफारिस पत्र (नो अब्जेक्सन लेटर) आवश्यक पर्न सक्ने भन्दै एउटा सूचना जारी गर्‍यो। 

दूतावासले ३१ बैसाखमा जारी गरेको सूचनाले नेपालमा भने तरङ्ग सिर्जना गरेको छ। केहीले भने नेपालीलाई अनावश्यक दुःख दिन खोजिएको भन्दै सामाजिक सञ्जालमा त्ययप्रति रोषसमेत प्रकट गरेका छन्। 

के छ दूतावासको सूचनामा? 
दूतावासले जारी गरेको सूचनामा भारतीय अध्यागमन पार गर्दा नेपालीका लागि दूतावासको सिफारिस  पत्र आवश्यक पर्न सक्ने भन्दै त्यो पाउन चाहिने आवश्यक कागजातबारे जानकारी दिइएको छ।

प्रकाशित मिति: : 2019-05-17 07:36:38

प्रतिकृया दिनुहोस्