आगरा मेडिकल कलेजमा चिनियाँ बाबु भन्थे

उनको रुची इन्जिनियरिङमा थियो । त्यसैले पनि घरमा खत्र्याकखुत्रुक गरिरहन्थे । कहिलेकाहीँ त साइकल बिगारेर फेरि त्यही बिग्रेको साइकल कसकास पार्थे। यस्तै अरु काममा पनि उनी लागिरहन्थे ।
अर्थात् प्रविधिले उनको ध्यान तानेको थियो । यसै कारण पनि उनको रुची इन्जिनियरिङतर्फ रह्यो । आईएससी पढ्दै गर्दादेखिको उनको यो रुची मौलाउँदो थियो । आईएससी सक्याएपछि उनले बनारसबाट इन्जिनियरिङ पढ्नका लागि फर्म पनि मगाएका थिए । त्यसबेला बनारसमा इन्जिनियरिङ पढ्न जाने चलन खुबै थियो । 

उनले आफ्ना पिताजीलाई आफूले इन्जिनियरिङ पढ्ने विचार गरेको सुनाए । उनी पिताजीबाट “ग्रीन सिग्नल” चाहन्थे, सायद । उनले पिताजीको मुहार हेरेरै पिताजी इन्जिनियरको पढाइका लागि अनिच्छुक रहेको अनुभूत गरे । उनका पिताजीले मेडिकल पढ्नमा जोड दिए ।

प्रकाशित मिति: : 2019-05-16 14:44:30

प्रतिकृया दिनुहोस्