दबाबकै कारण ४० फार्म थपिए, एक करोड अनुदान दिइने

तस्बिरः बाह्रखरी

पोखरा । गण्डकी प्रदेश सरकारको ४० करोड रुपैयाँ बजेटको मोडेल कृषि फार्म कार्यक्रम विवादित बनेको छ । सत्तारुढ दलकै सांसदहरुले यो कार्यक्रमको खारेजी गर्न माग गरेका छन् भने मन्त्रालयले कार्यविधी नै संशोधन गरेर दोब्बर फार्महरुलाई अनुदान दिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नै युवालाई कृषिमा आकर्षित गर्ने तथा कृषिको व्यावसायिकीकरण तथा उद्यमशीलता विकासका लागि भन्दै नमुना फार्म कार्यक्रम ल्याएको थियो । यो कार्यक्रममार्फत युवालाई कृषिमा सहभागी गराई स्वरोजगारी अभिवृद्धि गर्ने लक्ष्य सरकारले राखेको थियो । 

 चालु आर्थिक वर्षको बजेट विनियोजनका क्रममा प्रदेशका अर्थमन्त्री किरण गुरुङले बाली, पशुपंक्षी र मत्स्यका व्यवसायिक मोडेल फर्म सञ्चालन गर्न कार्यविधिका आधारमा वित्तीय उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्न रू. ४० करोड  बजेट विनियोजन गरेको बताएका थिए ।
प्रकाशित मिति: : 2019-05-15 21:30:11

प्रतिकृया दिनुहोस्