प्रचण्डको प्रश्न–लाइन लगाएर प्रधानमन्त्री बनाउने म अस्थिर कि क्या गज्जबको मान्छे?

युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

काठमाडौं, जेठ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाउने मान्छे भएकाले आफ्नो सही मूल्यांकन गर्न आग्रह गरेका छन्। 

तत्कालीन एमालेको युवा संगठन युवा संघ नेपालको २९ औं स्थापना दिवसका अबसरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले आफूले एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाएको दाबी पनि गरे। उनले भने,‘भए भरका एमालेका नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाउने मान्छे मै हुँ। अब तपाईँहरु हिसाव गर्नुस्, मलाई तपाईँहरुले अस्थिर खालको मान्छे भन्नु हुन्छ कि क्या गज्जबको मान्छे रैछ भन्नु हुन्छ।’

उनले नेपालका निम्ति कसले गर्‍यो, कसले गरेन भन्नेबारे विचार गर्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे। प्रचण्डले भने,‘तपाईँहरुप्रति मेरो विश्वास छ, मेरो पार्टीप्रति विश्वास छ। जनताप्रति विश्वास छ र मेरो तपाईँ युवाहरुप्रति अझ बढी विश्वास छ।’

प्रकाशित मिति: : 2019-05-15 21:21:47

प्रतिकृया दिनुहोस्