कर्मचारी सरुवाका कारण उद्योग मन्त्रालयमा तनाव, झण्डै हात हालाहाल

फाइल तस्बिर ।

काठमाडौं : कर्मचारी सरुवाका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार तनाव उत्पन्न भएको छ ।

मन्त्री मात्रिका यादवको निजी सचिवालयमा सरुवामा असन्तुष्टबीच तनावको स्थिति सृजना भएको हो ।

मन्त्रालय स्रोतका अनुसार असन्तुष्ट पक्षबीच झण्डै हात हालहालको अवस्था सिर्जना भएको थियो । मन्त्रालय स्रोतका अनुसार कांग्रेसनिकट कर्मचारीले निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए ।

कांग्रेसनिकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको बताइएको छ । उनीहरूले कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपानिकट विनोद खड्कालाई पठाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति: : 2019-05-15 21:19:03

प्रतिकृया दिनुहोस्