प्राधिकरणसँगको मिलेमतोमा 'सिभिल होम्स' मा कम्पनीको बदमासी

सुनाकोठी, ललितपुरस्थित सिभिल होम्सको प्रवेशद्वार।

गणेशचन्द्र अधिकारीले ललितपुर, सुनाकोठीस्थित सिभिल होम्समा घर बुकिङ गरे। चार वर्षअघि स्वामित्व हस्तान्तरण भयो। आजसम्म नक्सा पास भने भएको छैन। न घर निर्माण सकिएको प्रमाणपत्र छ, न पूरा तालाचाबी पाएका छन्।

सिभिल होम्सले यहाँको नक्सा २०६२ सालमा नगर विकास प्राधिकरणबाट स्वीकृत गराएको थियो। त्यही नक्सा र लालपूर्जा देखाएर उसले घरहरू बेचेको हो।

घर बेच्दा स्विमिङ पुल, प्राथमिक स्कुल, खेल मैदान, जिम, स्वास्थ्य केन्द्र, बजार लगायत पूर्वाधार बनाउने बाचा गरेको थियो। बाचा पूरा नगरी कम्पनी हिँड्यो। स्थानीयले आफैं पैसा उठाएर केही पूर्वाधार बनाए।

'हाउजिङमा सुविधा होला भनेर चलेको दामभन्दा धेरै हालेर घर किनेँ,' गणेशचन्द्रले भने, 'कम्पनीले भनेजस्तो सुविधा दिएन। उल्टै स्विमिङ पुल चलाउन र सडकमा ब्लक छाप्नधरि हाम्रै पैसा खर्च भयो।'

कम्पनीले यतिसम्म गर्दा त स्थानीय चुपै थिए, तर अहिले दुइटा यस्ता बदमासी कम्पनीले गर्यो, जसले स्थानीय आक्रोशित छन्। उनीहरू अदालत र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ढोका ढकढक्याउने तयारीमा जुटेका छन्।

प्रकाशित मिति: : 2019-05-15 08:30:53

प्रतिकृया दिनुहोस्