सय वर्ष पुगेको दिन सत्यमोहनले भने- दिन गएको थाहा हुन्छ, वर्ष गएको पत्तै पाइन्न (भिडिओ स्टोरी)

तस्बिरः सेतोपाटी

संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष पुगेको छन्। ललितपुर महानगरपालिकाले सोमबार जन्मशताब्दी मनाउन सार्वजनिक बिदा नै दियो। 

ललितपुर मेयर चिरिबाबु महर्जनको अगुवाइमा जोशीलाई मंगलबजारबाट रथारोहण गराइ बाजागाजासहित नगर परिक्रमा गराइयो। 

जोशीलाई सय वर्षको शुभकामना दिनेहरू बिहानै उनको निवास पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश पठाएकी थिइन्। सेतोपाटीले जोशीको जन्मशताब्दीको पहिलो दिनको बिहानीलाई क्यामेरामा कैद गरेको छ।

सयौं वर्षदिनमा ललितपुरस्थित निवासमा पुगेका सेतोपाटी संवाददातासँग जोशीले भने - दिन गएको थाहा हुन्छ, वर्ष गएको पत्तै पाइन्न।

उनको सोमबारको दैनिकीलाई सेतोपाटीले भिडिओमा उतारेको छ।

हेर्नुहोस् भिडिओ :

प्रकाशित मिति: : 2019-05-14 07:43:13

प्रतिकृया दिनुहोस्