स्वर्गद्वारी आश्रमको सयौं बिघा जग्गा अतिक्रमण, ​​कब्जा गर्ने ८ सयभन्दा बढी

देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको चर्चा सेलाउन नपाउँदै प्युठानको स्वर्गद्वारी आश्रमको सयौं बिघा जग्गामा वर्षौंदेखि माफियाहरुको कब्जामा रहँदै आएको खुलासा भएको छ। स्वर्गद्वारी आश्रमको दाङमा रहेको खर्बौं मूल्य पर्ने जग्गा अतिक्रमण गरेको पाइएको हो। माओवादीले थालेको 'जनयुद्ध'सँगै अतिक्रमणकारी, ठेकेदार र मोहीले आश्रमको जग्गा उपयोग गरिरहेका हुन्। तर, सरकारी निकायले  यी जग्गा आश्रमको नाममा फिर्ता गराउन पहलसमेत थालेको छैन। 

स्वर्गद्वारी आश्रमको रेकर्डमा आश्रमका नाममा २६ हजार रोपनी पाखो जग्गा र कोचिबाङमा १ सय ४० रोपनी खेत छ। रोल्पाको रुन्टीमा १३ रोपनी छ। त्यस्तै, दाङमा १ हजार १२ बिघा जग्गा छ। त्यसमध्ये ३० बिघाको मात्रै आयस्ता आश्रमलाई प्राप्त हुन्छ। 

प्रकाशित मिति: : 2019-05-13 11:31:08

प्रतिकृया दिनुहोस्