कानकाे उपचारका लागि अस्पताल पुगेका व्यक्तिको कानभित्र माकुराको जालो

चीनमा सबैलाई हैरान बनाउने एउटा घटना भएकाे छ । अहिले त्यो घटनाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एक व्यक्ति आफ्नो कान चिलाउने समस्याका कारण निकै हैरानीमा थिए, जसको उपचारको लागि उनी डाक्टरकोमा गए । 

ती बिरामीको नाम ली हो । डाक्टरले जब उनको कानको जाँच गरे तब सबै जना हैरान भए । किनकी उनको कानमा माकुराले जालो बुनिरहेको भेटियो । 

पहिला डाक्टरले पनि सामान्य जाँच गर्दा पत्ता लगाउन सकेका थिएनन् । तरपछि माइक्रोस्काेपको सहायताबाट कानभित्र आठ वटा खुट्टा भएका एक जीव देखियो । डेली मेलमा छापिएको रिपोर्टका अनुसार, ली को कानभित्र माकुरा थियो । माकुराले जालो पनि बनाइरहेको थियो । 

डाक्टरले औषधीका केही थोपा ली को कानमा राखेपछि कानभित्र रहेको माकुरा बाहिर निस्कन बाध्य भयो ।

प्रकाशित मिति: : 2019-05-13 09:34:20

प्रतिकृया दिनुहोस्