अतित तपाईँको भविष्य होइन

प्रोमोसन भएन? जागिर गुम्यो? विवाह तोडिएको होला। पत्तै नपाइ छोराछोरी हुर्किए होलान्। स्वास्थ्यलाई ध्यान दिन सक्नुभएन होला। आत्मविश्वास धरमराएको हुनसक्छ।

चिन्ता नगर्नुहोस्। केही फरक पर्दैन। ‘टाइम म्यानेजमेन्ट कोच’ बनेर मैले काम गरेको दश वर्ष भयो। यस्तै पछुतो लिएर आउने थुप्रै मानिस भेटेकी छु। समयको उचित व्यवस्थापन नहुनु मुख्य कारण हो। तपाईँ समयको खराब व्यवस्थापनको बन्दी हुनुभएको छ। तर, मुक्ति भने स्वयंले मात्रै दिनसक्नुहुन्छ।

समयको उचित व्यवस्थापन गर्नलाई केही परिवर्तन आवश्यक छ। समयले तपाईंलाई नभएर तपाईँले समयलाई व्यवस्थापन गर्नुपर्छ।

गल्ती स्वीकार्नुहोस्

अतितमा भएका गल्ती स्वीकार्नुपर्छ। नभए समय व्यवस्थापन सम्बन्धी सन्तुलित निर्णय गर्ने अवसर पाउँदा, निर्णय गर्न सकिँदैन। 

प्रकाशित मिति: : 2019-05-13 09:04:26

प्रतिकृया दिनुहोस्