जेलभित्रै अनसन बसेकी पूर्वसभासद् साह अस्पताल भर्ना

काठमाडाैं, वैशाख २७ : स्वास्थ्यमा समस्या आएपछि जेलभित्रै अनसन बसेकी पूर्वसभासद् गायत्री साहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। 

आफैले जन्म दिएको बच्चालाई बुझ्न अस्वीकार गरेको र अस्पतालमै अलपत्र छोडेर भागेको आरोपमा पक्राउ परेकी साह हिरासतभित्रै अनसनमा बसेपछि स्वास्थ्यमा समस्या आएको हो। स्वास्थ्यमा समस्या आएपछि पूर्वसभासद् साहलाई ललितपुरको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमोरियाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-05-11 09:15:09

प्रतिकृया दिनुहोस्