सगरमाथा चुचुरोमा पुग्ने दिनको पर्खाइमा आधार शिविरमा आरोहीहरू

सगरमाथा आधार शिविर अहिले 'पालको सहर' बनेको छ। यो वर्ष वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर आरोहण गर्न अनुमति लिएका झन्डै ३७५ पर्वतारोही र तिनका पथप्रदर्शक तथा सहयोगीसमेत दुई हजार व्यक्तिहरू आधार शिविरमा भेला भएका छन्।

नेपालमा सगरमाथाको दक्षिण मोहडापट्टि झन्डै ५,३८० मिटरको उचाइमा आधार शिविर छ। शिखर आरोहणको प्रयास गर्नुभन्दा केही हप्ताअघिदेखि पर्वतारोहीहरू आधार शिविरमा बसेर उच्च स्थानको हावापानीसँग अनुकूल हुन्छन्।

प्रकाशित मिति: : 2019-05-11 08:57:57

प्रतिकृया दिनुहोस्