के एनआरएनको सदस्य बन्ने चुनावकै लागि मात्र हो?

फडिन्द्र भट्टराई

विश्वभरका एनआरएनका  राष्ट्रिय समन्वय परिषदहरु आगामी सेप्टेम्बरसम्म राष्ट्रिय अधिवेशन मार्फत नयाँ नेतृत्व चयनको निर्वाचन तालिका सुचिकृत गर्न व्यस्त छन। सिधा अर्थमा भन्दा संसारभरका एनआरएनहरुलाई चुनावी चटारोले छोइकेको छ। आन्तरिक अधिवेशन र निर्वाचनको सपामनपछि आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा पुगेर आगामी दुई वर्षे कार्यकालको आरम्भ र चुनावी सरगर्मीको समापन संगसंगै हुनेछ।

स्वभावत निर्वाचन नजिकिदै गएपछि उम्मेदवारहरु सदस्य बनाउने अभियान लाई तिब्र बनाउन थाल्छन् ताकी आफु ईतर सदस्यको बलमा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पार्न सकियोस्। जति जति बेला  एनआरएनको निर्वाचन समिप आउँछ, त्यति नै बेला एउटा अर्को बहसको थालनी हुन्छ के एनआरएनको सदस्य कसैलाई जिताउन वा हराउन कै लागि बन्ने हो अथवा संसारभर छरिएर रहेका तीसौं लाख नेपालीहरुलाई आफ्नो हितको लागि  यो संगठनको खाँचो छ। नेपाली डायस्पोरामा एनआरएनको औचित्य पुष्टीको सवाल पनि निर्वाचन ताका नै धेरै उठने गर्छ किनकि यहि समयमा संगठन र उम्मेदवारको पक्ष विपक्षमा चिया चौतारादेखि मियाँ बीबीसम्म यो विषयले चाहेर वा नचाहेर मनग्गे चर्चा र छलफल पाउने गर्छ। आजको आलेखमा यहि विषयमा केन्द्रित रहेर केहि लेख्ने जमर्को गरेको छु।

प्रकाशित मिति: : 2019-05-11 07:41:53

प्रतिकृया दिनुहोस्