विप्लवका नेता पक्राउ गर्न प्रहरीले गोली चलायो, एक प्रहरी घाइते

रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । 

जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो ।
शर्मालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । 



प्रकाशित मिति: : 2019-05-10 12:40:48

प्रतिकृया दिनुहोस्