सांसदले सुरू गरे आफूले खर्च गर्न पाउने बजेट बढाउन लबिङ

तस्बिरः सेतोपाटी

निर्वाचन क्षेत्रमा मनलागी खर्च गर्न पाउने गरी विनियोजित हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट बढाउन सांसदहरूले लबिङ सुरू गरेका छन्।

बजेट अघि हरेक वर्ष सांसदले आफूअनुकुल निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने बजेटका लागि तीव्र लबिङ गर्दै आएका छन्। अघिल्लो वर्ष सरकारले प्रत्यक्ष निर्वाचित सांसदको निर्णय अन्तिम हुने गरी ४ करोड बजेट छुट्याएको थियो।

यस वर्ष उक्त रकम बढाउनु पर्ने लबिङ पूर्वअर्थमन्त्री नै सहभागी रहेको प्रतिनिधि सभाको अर्थ समितिले गरेको हो। समितिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।

अर्थ समितिले बजेटको विषयमा सुझाव संकलनका लागि तयार गरेको फारममा ‘स्थानीय पूर्वाधार विकास कार्यक्रममा के सुधार गर्नुपर्छ’ भन्दै प्रश्न घुसाएको थियो। प्रश्नमा राखिएका जवाफमध्ये सबैभन्दा धेरै २४२ जनाले रकम बढाउन सुझाव दिएको समितिले सार्वजनिक गरेको तथ्यांक उल्लेख छ।

प्रकाशित मिति: : 2019-05-09 12:37:18

प्रतिकृया दिनुहोस्