प्रधानमन्त्री भियतनाम प्रस्थान गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान-अवतरण ठप्प हुने

तस्बिरः नेपाल लाइभ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलकाे उडान सेवा बन्द हुने भएकाे छ।

प्रधानमन्त्रीकाे उडानकाे समयमा बिहान ११ बजेदेखि ११ः३० विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण सेवा ठप्प हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए। भिभिआइपी सवारीलाई लक्षित गर्दै विमानस्थल उडान बन्द गराउन लागिएकाे प्रमुख क्षेत्रीले बताए।

यसअघि भिभिआइपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकाेमा यात्रुहरुलाई थप सास्ती नहाेस् भन्दै ३० मिनेट मात्रै बन्द गर्न लागिएकाे पनि उनले जानकारी दिए। यसअघि अघिल्लाे सातामात्रै राष्ट्रपति विद्यादेवी भण्डारी चीनकाे राजकीय भ्रमणमा जाँदा ताेकिएकाे समयभन्दा लामाे समय विमानस्थल बन्द हुँदा आन्तरिक र बाह्य गरी १ सय ३० भन्दा बढी उडान प्रभावित भएका थिए।

प्रकाशित मिति: : 2019-05-09 09:30:13

प्रतिकृया दिनुहोस्