झापामा नक्कली नागरिकताको बिगबिगी, जनप्रतिनिधि फरार

तस्बिरः अनलाइनखबर

२६ वैशाख, झापा । भारतसँग सीमा जोडिएको झापा जिल्लाबाट नक्कली नागरिकता लिने भारतीयहरुको बिगबिगी बढेको छ । पहाडे मूलका भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम जिल्लामा बढेको छ ।

झापाबाट भारतीयहरुले कसरी नागरिकता लिइहेका छन् भन्ने एउटा दृष्टान्त अनलाइनखबरले फेला पारेको छ । स्थानीयवासीलाई नक्कली नातेदार बनाएर नागरिकता लिने प्रचलन झापामा सामान्यजस्तै बनिसकेको छ ।

भारतको दार्जिलिङ, सिक्किम, आसाम, मणिपुरमात्रै होइन म्यानमारबाट समेत झापा आएर नागरिकता लिने क्रम चल्दै आइरहेको छ । विगतमा कैयौं भुटानी शरणार्थीहरुले कर्मचारीलाई पैसा खुवाएर आफूलाई नेपालीकरण गरिसकेका छन् भने अहिले पनि पारिबाट झापा छिरेर नागरिकता बनाउने क्रम रोकिएको छैन ।

प्रकाशित मिति: : 2019-05-09 09:14:38

प्रतिकृया दिनुहोस्