प्लास्टिकका भाँडाले निम्त्याउँदैछ गम्भीर खतरा !

प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रासायनिक तत्वहरूले मानव स्वास्थ्यमा गम्भीर खतरा देखापरेका छन्।

प्लास्टिक शुद्ध वस्तु होइन । प्लास्टिक वा प्लास्टिकजन्य सामग्रीहरूमा कुनै न कुनै औद्योगिक रसायनको प्रयोग गरिएको हुन्छ । रसायनको प्रयोगले प्लास्टिकलाई कडा वा नरम, पारदर्शी आदि बनाउँछ । प्लास्टिक वा प्लास्टिकजन्य सामग्री बनाउँदा वा यसको प्रशोधन गर्दा यसमा प्रयोग गरिने रसायनको आधारमा यसलाई वर्गीकरण गरिन्छ ।

प्रकाशित मिति: : 2019-05-09 00:56:31

प्रतिकृया दिनुहोस्