जमिनमुनि र आकाशमा कहाँसम्म हुन्छ व्यक्तिको स्वामित्व?

तपाईंले किनेको जमिनको सतहको कति तल र कति माथिसम्म स्वामित्व हुन्छ होला? तपाईसँग मात्रै होइन, नेपाल सरकारसँग पनि यसको उत्तर नै छैन। नेपालको कानुनले यसबारेमा नबोलेकाले उत्तर खोज्न सजिलो छैन।

यो प्रसंगलाई विज्ञ र नेताहरुले पेचिलो मुद्दा भनेका छन्। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे नेपालको विकासमा यो विषय पेचिलो बन्‍न सक्ने बताउँछन्।उनी यसबारेमा सरकारलाई सचेत गराउनु जरुरी रहेको बताउँछन्। ‘हामी ठूला ठूला परियोजनाको कुरा गर्छौं, सुरुङ र टनेल बनाउने कुरा पनि भइरहेका छन्,’ पाण्डेले भने, ‘भोली कुनै व्यक्तिले मेरो स्वमित्वमा रहेको जमिनमुनि सुरुङ खन्‍न दिन्‍न भन्यो भने के गर्ने? यसको उत्तर खोई ।’ नेकपाका नेतासमेत रहेका पाण्डले यसबारेमा अर्थमन्त्री डा. युवराज खतिवडालाई सचेत गराए । नयाँ संघीय संरचनामा यसबारे स्पष्ट कानन ल्यउन उनले सुझाव दिए।

प्रकाशित मिति: : 2019-05-09 00:31:42

प्रतिकृया दिनुहोस्