नेपाल छोड्न किन छटपटाइरहेकी छिन् यी युवती?

नेपालका लागि २०७२ साल दु:खदायी र पीडाजनक रह्यो। कैयौं मानिसको जीवन सधैंभरिका लागि बदलियो। खासगरी नेपालका युवतीहरुमा भने यो विनाशकारी भूकम्पले धेरै खराब प्रभाव छाडिदियो।

२०७२ पछि नेपालबाट युवतीहरुको तस्करी अचानक बढेको छ। यसका लागि तस्करहरुको उपयुक्त माध्यम सामाजिक सञ्जाल भएको छ। 

OOO

यो घरको छेउछाउ हाँस्दै गरेको र गीत गुनगुनाइरहेको प्रस्ट सुन्न सकिन्छ। बिस्तारै यसमा सवारीसाधनको आवाज पनि मिसिन पुग्छ। सुन्तले रङमा बनेको यो घर पहेँलो र गुलाबी स्कार्फमा देखिएका महिलाको मानसिक स्थिति सुधार गर्ने कोसिसमा लागेको देखिन्छ।

काठमाडौंस्थित यो घर देहव्यापारको चंगुलबाट उम्केर आउन सफल भएका कैयौं महिलाका लागि सुरक्षित आश्रयको रुपमा रहेको छ। यहाँ ती महिलाको जीवन अघि बढाउनका लागि हौसला दिइँदैछ। 

म ३५ वर्षीया चाँदनी नाम गरेकी एक महिलासँग भेट्न यहाँ आएको हुँ। उनको आफ्नै कथा छ। भूकम्पले कसरी उनको जीवनमा पनि कैयौं रिक्टरको धक्का दियो भन्ने जान्ने चहानाका साथ म उनलाई भेट्दैछु।

प्रकाशित मिति: : 2019-05-08 13:38:44

प्रतिकृया दिनुहोस्