दाइजोमा कार नपाउँदा श्रीमतीसहित दूधे छोरी घर निकाला

विराटनगर : दाइजोमा कार नपाएको भन्दै श्रीमतिसहित छोरीलाई घर निकाला गरेका छन्।  विराटनगर-१५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले  जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन्।। दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन्। 

दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निकाला गरेका दासले भारतीय आधार कार्ड बनाएको भेटिएको छ। दाइजोमा मागेको कार नदिँदा श्रीमती र दुधे छोरीलाई घर निकाला गरेका दाससँग भारत विहार राज्यको आधार कार्ड र नेपाली नागरिकता भेटिएको हो। 

दासको विहार राज्यको फारबिसगञ्ज-२४ की २३ वर्षीया जिमी कुमारीसँग २०७३ फागुन १९ गते विवाह भएको थियो।विवाह भएको एक महिनापछि दास परिवारले जिमीका बुवासँग दाइजोमा कार मागेको थियो।

प्रकाशित मिति: : 2019-05-08 03:19:31

प्रतिकृया दिनुहोस्