छोरा अस्पतालमै छाड्ने पूर्व सांसद दम्पतीलाई तीन वर्ष कैद!

काठमाडौँ – आइतबार मेडिसिट अस्पातलबाट पक्राउ परेकी पूव सभासद गायत्री शाह र उनका श्रीमान राजेश महतोलाई आफ्नो सन्तान छाडेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८४ अनुसार शाह दम्पतीलाई मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ । मेडिसिटी अस्पातलले आफ्नै बच्च अस्पतालमा छाडेको भन्दै दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार अस्पताल परिसरबाटै पक्राउ गरिएको थियो ।

अस्पतालको लापरबाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै उपचारको सम्पूर्ण जिम्मा अस्पतालले नै लिनु पर्ने दाबी शिशुका आमा बाबुसहितका परिवाले गर्दै आएका छन् ।

प्रकाशित मिति: : 2019-05-06 09:58:20

प्रतिकृया दिनुहोस्