हिमाली क्षेत्रमा आदिमानव बस्थे, पछि शेर्पा–तिब्बती भए

वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्।

तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा मानव प्रजाति होमो सापियन्स बस्ने बताइँदै आएको थियो।

तिब्बतको एक गुफामा भेटिएको डेनिसोभान्सको चिउँडोको त्यो अस्थिपञ्जर १ लाख ६० हजार वर्ष पुरानो भएको बताइएको छ।

डेनिसोभान्स मानवको एक प्रजाति हो। यो समूहमा रहेको आधुनिक मानव होमो सापियन्स बाहेक अन्य प्रजाति संसारबाट लोप भैसकेका छन्। १ लाख ५० हजार वर्षदेखि १० लाख वर्षअघि अस्तिवमा रहेको भनिएको डेनिसोभान्सलाई मानव इतिहासको सबैभन्दा रहस्यमय प्रजाति मानिन्छ।

साइबेरियाको डेनिसोभा गुफा बाहिर पहिलो पटक डेनिसोभान्सको अंश भेटिएको हो। यो अनुसन्धान लेख नेचर जर्नलमा प्रकाशित भएको छ। यसले प्राचिन मानवहरु हामीले विश्वास गरेको भन्दा निकै धेरै क्षेत्रमा फैलिएका थिए भन्ने मान्यतालाई प्रमाणित गरेको छ।

प्रकाशित मिति: : 2019-05-06 08:14:43

प्रतिकृया दिनुहोस्