फेसबुक स्टाटस देखिएको २४ घण्टा नबित्दै घरभित्रै शव

बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीले बिहीबार साँझ ७ बजेर ३८ मिनेटमा आफ्नो फेसबुक स्टाटसमा ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?’ लेखिन् । अनि विदेशमा रहेका आफ्ना पति अमृत खत्रीलाई ट्याग गरिन् । अर्को दिन बिहान ५ बजे घरको दोस्रो तलामा शव फेला पर्यो । 

दाइजो नल्याएको निउँमा लामो समयदेखि यातना खेपिरहेकी लक्ष्मीको शव फेला परेपछि घरभित्र यातना दिएको अरोपमा उनकी सासूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।  फेसबुक स्टाटस भने अहिले हटाइएको छ ।

लक्ष्मीको मृत्युपछि माइती पक्षले यस घटनामा सासू हरिमाया खत्रीको मात्र संलग्न नभएर नन्दले पनि यातना दिएको आरोप लगाई प्रहरीमा अर्को जाहेरी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: : 2019-05-06 06:04:21

प्रतिकृया दिनुहोस्