यतिबेला किन आइरहन्छ हावाहुरी?

वैशाख ६ गते आएको हावाहुरी र पानीका कारण झम्सिखेलमा ढलेको रूख। तस्बिरः सेतोपाटी

काठमाडौंमा बुधबार साँझ बादलको गड्याङगुडुङ गर्जनसहित चलेको हावाहुरी र बर्सेको पानीले एक महिनाअघिको बारा घटना याद दिलायो।

यही चैत १७ गते बारा र पर्सामा आएको हुन्डरीले २८ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए। जल तथा मौसम विज्ञान विभागले उक्त हुन्डरी 'टोर्नाडो' भएको जनाएको छ।

विनाशकारी 'टोर्नाडो' को धङधङी बाँकी छँदै बुधबार काठमाडौं, ललितपुर र भक्तपुरको मौसम बिग्रेको हो। काठमाडौं उपत्यकाकै जस्तो हावाहुरी धादिङ, चितवन र नुवाकोटमा समेत आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हामीले यसबारे विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसँग कुरा गर्यौं।

मौसम विभागका पूर्व महानिर्देशकसमेत रहेका श्रेष्ठले अहिलेको याम हावाहुरी सामान्य भएकाले सबैलाई सचेत रहन सुझाव दिए।

'यो हावाहुरी चल्ने याम नै हो। सामान्यतया चैत, वैशाख र जेठमा हुरीबताससहित मेघ गर्जन र बिजुली चम्किने हुन्छ,' उनले भने, 'कहिलेकाहीँ पानी पनि पर्छ। हिउँद सकिएर मनसुन सुरू नहुँदासम्म यो क्रम चल्छ।'

यस्तो हुनुको वैज्ञानिक कारण के त?

प्रकाशित मिति: : 2019-05-03 09:14:30

प्रतिकृया दिनुहोस्