बोलिभियन र ब्राजिलियन तस्कर ठमेलमा भेटिए, १० कराेडकाे कोकिन भेटिएन

तस्बिरः नेपालखबर

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका अधिकारीलाई फागुन दोस्रो साता एउटा सूचना आयो। लागू औषध नियन्त्रणबारे अन्तर्राष्ट्रिय सञ्जालको सदस्य संस्थाबाट आएको सो सूचना आधिकारिक थियो।

सो सूचनामा भनिएको थियो, ‘बोलिभियाका ६४ वर्षीय बृद्ध र ब्राजिलकी ३३ वर्षीय युवती साढे ४ किलो कोकिन बोकेर काठमाडौं आउँदैछन्।’

उनीहरुको उडान नम्बर, पहिचान खुल्ने फोटो तथा पासपोर्टको डिजिटल कपी प्रहरीले पहिल्यै पाएको थियो। सूचनाअनुसार २०७५ फागुन १७ दिउँसो दुबै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उल्लेख थियो।

लागू औषधविरुद्धको अन्तर्राष्ट्रिय सञ्जालबाट प्राप्त सूचनाअनुसार नै सो मिति र समयमा बोलिभियन नागरिक ६४ वर्षीय जुनकार्लोस बारबेरी फेरिएर (राहदानी नम्बर १६९१३११) र ३३ वर्षीय ब्राजिलियन फरनन्दा मारिया आर ओर्डीजिउस डु नासीमेन्टो (राहदानी नम्बर वाईसी ९३१७८५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए।

अध्यागमन विभागको रेकर्डअनुसार फरनन्दा अपरान्ह ३ः१८ बजे र जुन ३ः२० बजे नेपाल प्रवेश गरे। यतिबेलासम्म उनीहरु लागूऔषध कोकिन बोकेर आउँदैछन् भन्ने सूचना विमानस्थलमै खटिएका प्रहरी ब्यूरो अधिकारीसम्म पुगिसकेको थियो।

प्रकाशित मिति: : 2019-05-03 00:25:19

प्रतिकृया दिनुहोस्