राष्ट्रपतिको चीन दौडाहालाई नजिकबाट नियाल्दा

तस्बिरः अन्नपूर्ण

बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी चीनको नौ दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएकी छन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा भएको भ्रमण राष्ट्रपति भण्डारी बुधबार ल्हासाबाट काठमाडौं आएसँगै सकिएको हो।

बिहीबार नेपाल फर्कने निर्धारित तालिका रहे पनि भण्डारी हाई अल्टिच्युटको समस्या देखिएपछि बुधबार स्वदेश फर्केको भ्रमण दलका सदस्यले बताए।

राष्ट्रपतिलाई बिहान नेपाल फर्कने क्रममा ल्हासाको गोङगर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका थिए। बुधबार सात सदस्य फिर्ता भए पनि अन्य सदस्य ल्हासामा छन्। ‘७ जना फर्कनुभएको हो। हामी ३४/३५ जना यही नै छौं’, राष्ट्रपतिका सहयोगी जीवछ साहले भने, ‘राष्ट्रपतिलाई हाई अल्टिच्युट भएका कारण फर्कनुभएको हो। धपेडीका कारण राष्ट्रपतिलाई असजिलो महसुस भएकाले फर्कनुभयो।’

प्रकाशित मिति: : 2019-05-01 23:59:21

प्रतिकृया दिनुहोस्