‘खुर्सानी नउमार्ने, जनैसमेत चाइनाबाट ल्याउने अनि रेल र पानीजहाज देखाएर समृद्धिको गफ दिने?

तस्बिरः नागरिक

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले रेल र पानीजहाज चलाउँदैमा समृद्धि नआउने बताएका छन्। 

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँगको सम्वादमा अध्यक्ष केसीले रेमिट्यान्सले धानेको देशमा रेल र पानीजहाजले समृद्धि नआउने जिकिर गरे। हिमालबाहेक सबै भूभागमा सहजै फल्ने खुर्सानी उमार्न छोडेको र जनैसमेत विदेशबाट ल्याइरहेको परिवेशमा विकास र समृद्धि गर्छु भन्नु गफ मात्रै भएको उनको भनाई छ। 

‘खुर्सानी नेपालको हिमालबाहेक अन्य सबै ठाउँमा फल्छ। खुसार्नीको एउटो ढिँडीसम्म आत्मनिर्भर नहुने हामी, नेपालीहरुले लाउने जनै तिब्बतीहरुले पठाए। दुई करोड जनै आयो, हेर्नुस् त हाम्रो हविगत। कुराले विकास हुन्छ? नीति हुनुपर्यो। कडाईका साथ कार्यान्वयन हुनुपर्यो’, उनले भने।

केसीले थपे, ‘यहाँ उत्पादन गर्ने म्यानपावर १२/१५ वर्ष पुग्दा निर्यात गरिदिने र अरु सम्पूर्ण कुरा बाहिरबाट ल्याउनुहुन्छ भने यो देशको अस्तित्व कसरी रहन्छ? खर्बौको आयात गर्नुपर्छ। मान्छे निर्यात गर्ने। उद्योगधन्दा कलकारखाना खोल्नुपर्दैन?’

प्रकाशित मिति: : 2019-05-01 23:52:17

प्रतिकृया दिनुहोस्