प्रधानमन्त्रीजी, यही हो टुँडिखेल-नारायणहिटी समेटेर विशाल पार्क बनाउने समय

तस्बिरः सेतोपाटी

प्रधानमन्त्रीजी,

काठमाडौंमा दुई विशाल पार्क निर्माणबारे केही समयअघि मैले सेतोपाटीमा एउटा लामो लेख लेखेको थिएँ। त्योभन्दा अघि मेरा मित्र सुदीप श्रेष्ठले पनि त्यस्तै लामो लेख लेखेका थिए।

अहिले खुलामञ्च अतिक्रमणको पृष्ठभूमिमा राजधानीमा पार्क र खुला ठाउँको विषय फेरि एकपटक सान्दर्भिक र पेचिलो बनेको छ।

समस्या परेपछि कहिलेकाहीँ झनै राम्रो समाधान निकाल्न सकिन्छ। त्यतातिर बढ्न सजिलो हुन्छ। त्यसैले, मैले पहिले लेखेको लेखमा 'व्यवहारिक' रूपले केही परिमार्जन र केही थप व्याख्यासहित यो लेख लेखेको छु।

प्रसंग तपाईंले एकपटक सार्वजनिक रूपमा भन्नुभएको कुराबाट सुरू गरौं।

तपाईंले भन्नुभएको थियो— विश्वले अब नेपाललाई प्रकृति र मान्छेले बनाएको सुन्दर देश भनेर चिन्नेछन्।

मेरा एक अमेरिकी प्राध्यापकका शब्दमा, प्रकृतिले बनाएको अतिसुन्दर र मानिसले बिगारेको कुरुप सहर हो, काठमाडौं।

भू-बनोट, मौसम, बोटबिरुवाको विविधता र सांस्कृतिक सम्पन्नताका हिसाबले काठमाडौं दक्षिण एसियाकै सुन्दर सहर हो। तर, हामीले काठमाडौंलाई दक्षिण एसियाकै कुरुप सहर बनाएका छौं।

दक्षिण एसियाका ठूला सहरहरूमा पार्क बनाउने, हरियाली सिर्जना गर्ने अभियान अघि बढेको धेरै भइसक्यो। ती सहरमा धमाधम नयाँ पार्क बन्दैछन्, पुराना पार्क ब्युँताउने काम हुँदैछ।

हामी भने अझै ब्युँझेका छैनौं।

प्रधानमन्त्रीजी, हामी ब्युँझिने बेला यही हो। काठमाडौंलाई प्रकृति र मानिसले बनाएको सुन्दर सहर भनेर चिनाउने कामको सुरूआत गर्ने अहिले नै हो। त्यसपछि आउने सरकारले, आउने पिँढीले त्यो काम अघि बढाउने छन्।

काठमाडौंको सुन्दरता र वैभव कालान्तरमा स्थापित हुनेछन्।

काठमाडौं एक दिनमा बिग्रेर यस्तो भएको होइन। यसको लामो सिलसिला छ। अहिलेको कुरुप अवस्थाबाट निस्किएर फेरि सुन्दर सहर बन्न काठमाडौंलाई धेरै समय लाग्नेछ। सम्भव भने छ।

संसारका धेरै सहरको इतिहासले यही भन्छ- सहरहरू बिग्रिन्छन्, कुरुप बन्छन्, अनि फेरि सुन्दर बन्छन्।

प्रकाशित मिति: : 2019-04-30 00:44:17

प्रतिकृया दिनुहोस्