प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो, म नै जिम्मा लिन्छु : पूर्वप्रधानमन्त्री नेपाल

तस्बिरः नागरिक

काठमाडाैं - नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल बालुलाटार जग्गा प्रकरणबारे बोलेका छन्।undefined

प्रकरणले ठूलै रुप लिएपछि उनले प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै यसको जिम्मा आफूले लिने बताएका छन्। यस प्रकरणमा वरिष्ठ नेता नेपाल पनि मुछिएको भन्दै पछिल्लो समय उनीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठ्दै आएको थियो।

उनी प्रधानमन्त्री भएको बेला ३१ वैशाख २०६७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयले डिल्लीबजार मालपोतले गरेको निर्णयलाई वैधानिकता दिएको भन्दै शारदाप्रसाद त्रितालको अध्यक्षमा गठित समितिले उक्त निर्णय खारेजीका लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2019-04-30 00:37:31

प्रतिकृया दिनुहोस्