बालुवाटार जग्गा प्रकरणमाथि छानबिन गर्न नेकपा शीर्ष तहमै माग

तस्बिरः देशसञ्चार

काठमाडौं : सत्तारुढ दल नेकपाको सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ललितानिवास जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल मुछिएको घटनामाथि छानबिन गर्न नेताहरुले माग गरेका छन्।

बैठकमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणबारे छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्ने धारणा राखेका थिए। ‘पार्टी महासचिवलाई मुछेर आक्रमण तीव्र बनाइएको छ। साथमा पार्टीलाई पनि मुछ्ने काम भएको छ, यस विषयमा पार्टी केही बोल्नुपर्छ,’ रक्षामन्त्री तथा नेकपाका नेता पोखरेलले बैठकका क्रममा भने।

बालुवाटार जग्गा प्रकरणमा सबे कागजात संकलन गरे‍र गम्भीर छानबिन गर्न अधिकांश नेताहरुले अध्यक्षद्वयको ध्यान आकृष्ट गरेका थिए।

बैठकले ‘समृद्ध नेपालः सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव पनि दिएको छ।

प्रकाशित मिति: : 2019-04-30 00:34:38

प्रतिकृया दिनुहोस्