सरकारको नियतमाथि शंका उब्जिएको छः देउवा

बाह्रखरी

काठमाडौं । बजेट अधिवेशनसमेत भनिने संघीय संसद्को चौथो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेसँगै अधिवेशन शुरु भएको हो । संघीय संसदको चौथो अधिवेशनमा दलीय प्रतिनिधिका रुपमा शुभकामना वक्तव्य दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । उनले वर्तमान सरकार विगतका सरकारले गरेका कामहरुको उद्घाटन गरेर आफैले गरेको भन्ने देखाइरहेको टिप्पणी गरे । 

प्रकाशित मिति: : 2019-04-29 16:43:55

प्रतिकृया दिनुहोस्