बलात्कार प्रयासपछि बालिकाको हत्या

बेंसीसहर : दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलत्कार प्रयासपछि हत्या भएको छ। अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत बैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३ श्रीमञ्ज्याङका ४५ बर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगनमा प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: : 2019-04-29 15:13:11

प्रतिकृया दिनुहोस्