नेपालमा मन्त्रीले नै गराए बालविवाह

प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले सिरहामा ७ बालविवाह रोकेको छ।

मन्त्री मण्डलले आफ्नै उपस्थितिमा वैशाख ११ गते सिरहाको कल्याणपुर नगरपालिका–३ प्रसाहीकी १४ वर्षीया राधा मल्लिक (डोम)को धनुषाको औरही गाउँपालिकाका अजय मल्लिकसँग बिहे गराइदिएका छन्। ती बालिकाको बिहेमा मन्त्री मण्डल र नगरपालिकाका ३ नम्बर वडाध्यक्ष अशोक मण्डलले लाखौं रुपैयाँ खर्च गरेका छन्। एउटा निर्धन दलितको छोरीको बिहे गराएर आफूले कुनै पाप नगरेको मन्त्री मण्डलले प्रतिक्रिया दिँदै आएका छन्।

प्रकाशित मिति: : 2019-04-28 10:25:08

प्रतिकृया दिनुहोस्