हिरासतमा नाबालक मृत्यु, १० दिनपछि आयोगको टोली झापामा

नयाँ पत्रिका

गैरकानुनी हिरासतमा नाबालकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले चासो व्यक्त गरेको छ । घटनाको १० दिनपछि मात्र आयोगले पीडित परिवार, अधिकारकर्मी लगायतसँग छलफल गरेको हो ।

तीन दिनदेखि आयोग क्षेत्रीय कार्यालय विराटनगरको टोली झापामा छ । आयोगका अनुसन्धान अधिकृत चिरञ्जीवी कोइराला नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको हो । ‘यो प्रारम्भिक अनसन्धान हो, अनुसन्धान सकिएपछि हामी प्रतिवेदन सार्वजनिक गर्छौं’, कोइरालाले भने, ‘थप बुझ्नुपर्ने देखिए अझै विस्तृत अनुसन्धान हुन्छ ।’

प्रकाशित मिति: : 2019-04-27 17:32:03

प्रतिकृया दिनुहोस्