अमेरिका प्रवेश गर्ने जोखिमपूर्ण यात्रामा सयौँ आप्रवासी

अमेरिका प्रवेश गर्ने उद्देश्यसहित मध्य अमेरिकी देशका सयौँ आप्रवासी मेक्सिकोको दक्षिणी क्षेत्र हुँदै अघि बढेका छन् । ‘द बिट्स’ नाम गरेको आप्रवासी समूह रेल मार्फत अमेरिका तर्फ अघि बढेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

मेक्सिको दक्षिणी क्षेत्रमा रहेको सीमाबर्ती शहर तापाचुलामा रहेको शिविरबाट आप्रवासीहरु रेल चढेर अमेरिका प्रवेश गर्ने जोखिमपूर्ण यात्रामा निस्किएका हुन् । उनीहरु शिविरबाट भोगर अमेरिका तर्फ लागेका हुन् ।

सरकारी तथ्यांक अनुसार झण्डै १३ सय आप्रवासी शिविरबाट निस्किएका थिए, तर अधिकांश शिविर फर्किएको मेक्सिको सरकारको दाबी छ । मन्द गतिमा रहेको रेलमा विभिन्न देशबाट आएका पुरुष, महिला तथा बालबालिका चियापास राज्यको एरिएगा बजारबाट चढेको मेक्सिकोका सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति: : 2019-04-27 10:11:02

प्रतिकृया दिनुहोस्