मनमुटाव भएपछि खुर्पाले हानेर श्रीमतीको हत्या, भाग्दै गरेका श्रीमान् पक्राउ

ललितपुर : गोदावरी नगरपालिका-१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवाले श्रीमतीको टाउको छिनाएका छन्। उनले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई मंगलबार बिहान खुर्पाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार घटना मंगलबार बिहान करिब ५:३० बजे तिर भएको हो। घट्नाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेका थिए।

प्रकाशित मिति: : 2019-04-23 13:20:18

प्रतिकृया दिनुहोस्