घर मात्र दिएर हुँदैन, माया पनि दिनुपर्यो- श्वेता खड्का

तस्बिरः सेतोपाटी

फिल्म सुटिङक्रममा नेपालका कुनाकन्दरा पुग्दा उनलाई अधिकांशले भन्छन्- हेर हेर, नायिक श्वेता खड्का।

काठमाडौंबाट करिब ७० किलोमिटर पर सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा भने उनको परिचय बेग्लै छ।

उनी इन्द्रावती नदीअगाडि ब्युँतिदै गरेको माझी बस्ती निर्माणमा सहजकर्ता हुन्। भुइँचालोले ध्वस्त पारेको माझी बस्ती पुनर्निर्माणमा सघाउने भनेर आँटेकी उनी समस्याका बाबजुद पछि नहट्ने बताउँछिन्।

'घरहरूको काम अन्तिम चरणमा छ,' श्वेताले भनिन्, 'घर मात्र बनाएर हुन्न। त्यहाँ व्यवस्थित बाटो, पानी सुविधा, पार्क र एकीकृत बस्तीमा हुनुपर्ने भौतिक पूर्वाधार चाहिन्छ। यो सबै बनाउन बाँकी छ।'

प्रकाशित मिति: : 2019-04-23 08:31:38

प्रतिकृया दिनुहोस्