चुनावी ‘स्टन्ट’ देखाउन लगिएको एक्साभेटर डेढ वर्षदेखि खोलामा (सुरुङ मार्ग घोटाला भाग ३)

भिमफेदी बजार नजिकै खहरे खोला छेउमा खिया लागेर बसेकाे एक्साभेटर | तस्वीर:रिवाज राई

भिमफेदी (मकवानपुर), वैशाख ६ : भिमफेदी बजार नजिकै खहरे खोला छेउको गेग्रेटो मैदानमा एउटा पहेंलो रङको एक्साभेटर झण्डै डेढ वर्षदेखि अलपत्र छ। 

एक्साभेटरमा खिया लाग्दैछ। रङ उप्किँदैछ। झारहरू पलाएर ड्राइभर बस्ने सिट छुन खोज्दैछन्। 

काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग परियोजनामा छट्टु नेता र व्यापारीबाट मकवानपुरका सोझासिधा जनताले पाएको धोकाको प्रतीक हो – यो एक्साभेटर। 

चुनावी स्टन्ट
२०७४, असोज।

दुई महिनापछि हुन लागेको संघीय संसद् र प्रदेश सभा चुनावले देश तातेको थियो। 

मकवानपुरमा पनि दिनदिनै चुनावी र्‍याली र सभाहरू हुन्थे। चियापसल होस् वा चौतारो, जहाँ पनि चुनावकै चर्चा हुन्थ्यो।

प्रकाशित मिति: : 2019-04-20 15:59:27

प्रतिकृया दिनुहोस्