खुलामञ्च मास्दै सटर, महानगर भन्छ- थाहै छैन (भिडिओ)

तस्बिरः सेतोपाटी

राजधानीको सबभन्दा ठूलो सार्वजनिक स्थल टुँडिखेलको खुलामञ्च मिचेर काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्क बनायो। त्यही बसपार्कमा ठेकेदार कम्पनीले व्यावसायिक सटर निर्माण गर्दा पनि महानगर बेखबर छ।

पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले खुलामञ्चमा सटर बनाएर भाडामा लगाउन थालिसकेको छ। महानगर प्रवक्ता ईश्वरमान डंगोल भने यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउँछन्।

उनका अनुसार ठेकेदार कम्पनीलाई खुलामञ्चको बसपार्क व्यवस्थापन गर्ने जिम्मेवारी मात्र दिइएको हो। व्यवस्थापन निम्ति एउटा क्यान्टिन, यात्रु प्रतीक्षालय र शौचालय बनाउने अनुमति दिइएको उनले बताए।

प्रकाशित मिति: : 2019-04-18 09:17:10

प्रतिकृया दिनुहोस्