निर्मला हत्या प्रकरण : सरकारी वकिलसामु के भनेका थिए विष्टले? यस्तो थियो उनको बयान [भिडियो]

तस्बिरः नेपाल लाइभ

काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना पुग्न लागिसक्यो। तर, हत्यारा रहस्यको गर्भमै छ। थुपै अनुसन्धान टोलीलाई माथ खुवाउने यो घटना नेपाल प्रहरीका लागि घाँटीमा अड्किएको ठूलो हड्डी जस्तै भएको छ। न त भित्र नै पस्न सकेको अवस्था छ, न बाहिर निकाल्न सकिएको छ। जसकारण यसको चौतर्फी आलोचनामा सिंगो प्रहरी संगठन नै मुछिएको छ। 

सोही प्रकरणमा कतिपय प्रहरी अधिकारीले जागिरबाटै हात धुनुपर्‍यो। कतिपय महिनौं बितिसक्दा समेत निलम्बनको सिकार भइरहेकै छन्। 

अनुसन्धान गर्दागर्दै जागिर नै जाने अवस्था आउनु र निलम्बनमै पर्नुपरेपछि यसले अपराध अनुसन्धानमा दीर्घकालीन असर पर्ने विज्ञहरु बताउँछन्। ‘गुड फेथ’ रहेर काम गर्दागर्दै यस्तो अवस्था आउन थालेपछि जोखिम  अनुसन्धान गर्न प्रहरीलाई  गाह्रो हुने विज्ञहरु बताउँछन्।

प्रकाशित मिति: : 2019-04-17 21:25:17

प्रतिकृया दिनुहोस्