कास्कीमा जिते देशभर एकताको सन्देश जान्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले पार्टीमा एकताको सन्देश कास्कीबाट फैलाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान कांग्रेस निकट नेपाल महिलासंघ कास्कीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र रिक्त छ । उक्त उपनिर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने उनको भनाई छ ।

प्रकाशित मिति: : 2019-04-12 15:41:44

प्रतिकृया दिनुहोस्