२०७५ मा क्रिकेटदेखि देशै खुशी

तस्बिरः अन्नपूर्ण

वर्ष २०७५ नेपाली खेलकुदमा क्रिकेटको वर्ष बन्यो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन र त्यसमा प्राप्त सफलताले यो वर्ष घरेलु खेलकुदमा क्रिकेटले अन्य खेललाई निकै पछि छोड्यो। दीपेन्द्र गुरुङले अन्नपूर्ण सम्पूर्णका लागि (२०७५ मा क्रिकेटदेखि देशै खुशी) २०७५ मा क्रिकेटले दिएको खुसीको बारेमा रिपोर्ट तयार पारेका छन्।


२०७५, यही वर्ष हो नेपाली खेलाडीले क्रिकेट खेलका भगवान् मानिने सचिव तेन्दुल्करसम्मको व्यक्तिगत कीर्तिमान भंग गरेको पनि। नेपालले गत माघमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय र टी–ट्वेन्टी शृंखला खेल्यो। 

नेपालले यी दुवै शृंखला समान २–१ ले आफ्नो पक्षमा पारेको थियो। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट जगत्लाई फेरि एक पटक झक्झक्याउने काम गरेको छ। नेपाललाई आफ्नो पहिलो एकदिवसीय शृंखला दिलाउने क्रममा युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले भारतीय दिग्गज ब्याट्सम्यान तेन्दुलकरको कीर्तिमान भंग गरे।

प्रकाशित मिति: : 2019-04-12 09:42:21

प्रतिकृया दिनुहोस्