चिकित्सक आन्दोलनः वीर पुगेका बिरामी कोही खुसी, कोही आक्रोसित (भिडियो)

तस्बिरः नेपालखबर

देशभरका सम्पूर्ण सरकारी अस्पतालमा गत शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको खबरबाट अनभिज्ञ थिए, कालिमाटीका सुवास तामाङ।

उनी बिहीबार वीर अस्पताल प्राङ्गणमा देखिए। एक्कासि चक्कर लाग्ने र टाउको दुख्ने समस्याको उपचार गराउन अस्पताल पुगेका उनी अस्पताल प्राङगणमा देखिएको दृश्यले सुरूमा छक्क परे र ‘कता जाने र के गर्ने’ भन्दै अल्मलिए।

बुधबार (२७ चैत्र) देखि अस्पताल आएका बिरामीले फर्कन नपरोस् भन्ने उद्देश्यका साथ आन्दोलनमा होमिएका चिकित्सकहरूले अस्पताल प्राङ्गणमै बेञ्च राखी निः शुल्क सेवा दिइरहेका छन्।

बुधबार अलिक अव्यवस्थित देखिएको उपचार बिहिबार भने व्यवस्थित रुपमा सुचारू सञ्चालन भएको छ। पानी र घामबाट जोगिन पालको व्यवस्था र रोगपिच्छेका छुट्टा छुट्टै बेञ्च र बिरामीको लाइन थिए।

‘सिम केवल नेटवर्क’ मा काम गर्ने ३१ वर्षीय सुवास वीर अस्पताल प्राङ्गणको दृश्य देखेर सुरूमा छक्क परे। कता जाने के गर्ने भन्ने दुविधामा परेकै बेला आफूजस्तै अल्मलिएका बिरामीलाई सहज बनाउने उद्देश्यका काम गरिरहेका चिकित्सकहरुको सहयोग पाए।

प्रकाशित मिति: : 2019-04-11 21:26:18

प्रतिकृया दिनुहोस्