आजबाट चैत्र नवरात्र सुरू, शक्तिपीठमा भक्तजनको भीड

चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ ।

चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

प्रकाशित मिति: : 2019-04-06 10:01:11

प्रतिकृया दिनुहोस्