कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सकद्वारा ओपिडी ठप्प

तस्बिरः नयाँ पत्रिका

कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै आएका सरकारी चिकित्सकहरू आन्दोलित छन् । सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा उनीहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा ठप्प पारे । चिकित्सक नै हडतालमा उत्रिएपछि उपचार गराउन सरकारी अस्पताल पुगेका बिरामी निजी अस्पताल जान बाध्य बने । देशभर १४ सय चिकित्सक सरकारी सेवामा आबद्ध छन् । सरकारले बिहीबार अत्यावश्यक सेवामा हडताल गर्न रोक लगाउने निर्णय गरेको थियो । तर, सरकारको सो निर्णयलाई बेवास्ता गर्दै चिकित्सकहरूले शुक्रबार बिरामी हेरेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमानित तथ्यांकअनुसार एक दिनमा ३ लाख ५० हजारभन्दा बढी बिरामीले सरकारी अस्पतालमा ओपिडीमा उपचार सेवा लिने गरेका छन् । सरकारी चिकित्सक आन्दोलित हुनुपर्ने कारण र उनीहरूका मागका विषयमा अर्जुन अधिकारीको रिपोर्ट :

प्रकाशित मिति: : 2019-04-06 09:33:53

प्रतिकृया दिनुहोस्