कीर्तिपुरमा भेटियो लिच्छवीकालीन मूर्ति

कीर्तिपुर नगरपालिका-६, चारघरेमा लिच्छवीकालीन मूर्ति फेला परेको छ । मूर्ति भेटिएपछि पुरातत्व विभागले त्यहाँ उत्खनन थालेको छ ।

भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा नागकन्या र लक्ष्मीको मूर्ति भेटिएको हो । खन्ने क्रममा मूर्तिको सानो टुक्रा भने चोइटिएको छ । त्यस्तै, मन्दिरको भग्नावशेषबाट कुँदिएका ढुंगा र सिक्कासमेत भेटिएका छन् ।

प्रकाशित मिति: : 2019-04-05 09:19:00

प्रतिकृया दिनुहोस्